१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इरानलाई मौका दिन’ आग्रह



सन्दर्भ तस्बिर
अ+ अ-

रियाद। केही खाडी मुलुकको पहलमा इरानमाथि अमेरिकी आक्रमणलाई तत्कालका लागि टारिएको बताइएको छ ।

साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबाट रोक्न प्रयास गरेको दावी गरेका हुन् ।

नाम नबताउने सर्तमा खाडी क्षेत्रका कुटनीतिज्ञले भने, “तीन खाडी मुलुक साउदी अरब, कतार र ओमानले इरानलाई असल नियत देखाउने मौका दिन राष्ट्रपति ट्रम्पलाई मनाउन अन्तिम क्षणमा लामो कुटनीतिक प्रयासको नेतृत्व गरेका थिए ।”

“प्राप्त विश्वास र वर्तमान राम्रो भावनालाई सुदृढ गर्न सञ्चार अझै जारी छ,“ उनले थपे। यसअघि बुधबार कतारमा रहेको संयुक्त राज्य अमेरिकाको अल उदेइद सैन्य अखडा छाड्न केही सैनिकलाई आग्रह गरिएको दुई कूटनीतिक स्रोतले बुधबार एएफपीलाई बताएका थिए ।

वासिङ्टनले इरानी सरकारको विरोध प्रदर्शनको कारबाहीको जवाफ दिने धम्की दिएपछि यो निर्णय आएको थियो । तेहरानले नयाँ आक्रमण भएको खण्डमा अमेरिकी सेना र सामान ढुवानी गर्ने जल तथा स्थल यातायातका साथनमाथि आक्रमण गर्ने बताएको थियो ।

“वर्तमान क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप यस्तो कदम चालिएको हो,” कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“कतारले सुरक्षाका लागि महत्वपूर्ण पूर्वाधार र सैन्य सुविधाहरूको सुरक्षासँग सम्बन्धित आवश्यक सबै उपायहरू अपनाएको छ ।

एक कुटनीतिक स्रोतले यसअघि एएफपीलाई बताएअनुसार बुधबार साँझसम्म कैयौँ सैनिकलाई सैन्य आधार छाड्न भनिएको थियो ।

एक दोस्रो स्रोतले पनि नाम नबताउने सर्तमा जानकारीको पुष्टि गर्यो। गत जुनमा अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएको थियो ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीका वरिष्ठ सल्लाहकार अली शामखानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कुनै पनि आक्रमणको जवाफ दिन इरानको इच्छा र क्षमता’ आक्रमणद्वारा प्रदर्शन गर्न निर्देशन दिएको बताउनुभएको थियो ।

सन् १९७९ को इस्लामिक क्रान्तिले मोहम्मद रेजा पल्लवीलाई नेतृत्वबाट अपदस्थ गरेपछि इरानमा गत बिहीबारदेखि भएको व्यापक प्रदर्शनले इस्लामिक धार्मिक नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। रासस/एएफपी)