१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि चौधौँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’



अ+ अ-

काठमाडौँ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन तथा विलक्षण क्रिएसन प्रालिको आयोजनामा ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिने भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने उक्त महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रमध्येबाट २० वटा छनोट भएका छन् ।

हामीले विश्वभरका चलचित्रकर्मीलाई भेला गरेर ज्ञान आदानप्रदान गर्ने मञ्च तयार गरेका छौँ । यसले हाम्रो चलचित्रलाई विश्वभरका चलचित्रकर्मीसँग परिचित गराउँछ ।”

उहाँले यसपटक विभिन्न देशका १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिने बताउनुभयो । महोत्सवमा नेपाली चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएका छन् ।

वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएका छन् ।

नेपालबाहेक अफ्रिकी तथा अन्तरराष्ट्रिय समूहमा कथानक चलचित्रतर्फ बङ्गलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एष्टोनियाको ‘अटिस्ट अफ सर्भाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् ।

अफ्रिकन चलचित्रतर्फ इजिप्टको ‘द मङ्की’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छन् । महोत्सवमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ । रासस