६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजनीतिको दुष्चक्रमा पर्न नदिन निर्वाचनको महायज्ञलाई सफल पारौ: राष्ट्रपति रामचन्द्र पौडेल

राजनीतिको दुष्चक्रमा पर्न नदिन निर्वाचनको महायज्ञलाई सफल पारौ: राष्ट्रपति रामचन्द्र पौडेल
अ+ अ-

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभएको हो ।

“ हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यहि दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ । यो हामीले बिर्सन हुन्न ।

जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसंगतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता हो । परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र होइन सबै नेपालीको आवाज र चाहना पनि यही हो”, उहाँले भन्नुभयो, “यसका लागि जनचाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय भनेकै निर्वाचन हो । त्यसैले, आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । सुन्दर र सुरम्य धौलागिरिको यस पवित्र भूमिबाट म पुनःएकपटक आम नेपाली जनतालाई यसका लागि आव्हान गर्दछु ।”

राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको यस महायज्ञलाई सफल पार्न आग्रह पनि गर्नुभयो ।

“ शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नविनतम आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो ।”

राष्ट्रपति पौडेलले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै िवद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढङ्गले युगानुकुल शैक्षिक क्रियाकलापका नविनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रको भविष्य र राष्ट्र नवनिर्माणको मूख्य आधारशीलानै शिक्षा भएको र यसलाई सरकारले सधैँ प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “ देश विकासको लािग कृषिलाई आधुनिकिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता हो । नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनुपर्दछ भन्ने म ठान्दछु ।”

राष्ट्रपति पौडेलले जहाँनीया राणा शासन विरुद्ध परिवर्तनको दियो बालेर चेतना जागृत गर्ने तिव्र आकांक्षा र हुटहुटि भएका अग्रजहरूको अग्रसरताबाट स्थापना भएको जिल्लाकै दोस्रो पुरानो उक्त विद्यालयले नेपालको शैक्षिक इतिहासमा आज आफ्नो गौरवमय इतिहास निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै पुरातनवादी सोच र अन्धकारबाट उज्यालोतर्फ नेपाली समाजलाई अघि बढाउने हाम्रा ती अग्रजहरूको सत्कार्य स्तुत्य रहेको उल्लेख गर्नुभयो ।