१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने



अ+ अ-

मकवानपुर। बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

सरकारका  प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदालाई स्वीकृत गरेको छ । विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा २०८२ लाई सो बैठकले अनुमोदन गरेको छ ।

प्रदेशको विभिन्न मन्त्रालयबाट सिफारिस भई आएको राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनालाई तत्काललाई कार्यान्वयन ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट विनियोजित गर्न स्वीकृत प्रदान गरेको सरकारको प्रवक्ता प्रभात तामाङले जानकारी दिनुभयो ।

यसैगरी, सो बैठकले प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्यालाई लिएर निकास दिन प्रदेश ऐनको मातहतमा रहेर कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता प्रभात तामाङ बताउनुभयो।