२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न



अ+ अ-

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सभा सम्पन्न गरेको हो।

बैंकका सञ्चालक समिति अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्बन्धित सबै अनुसूचीहरू पारित गरेको छ।

त्यसैगरी, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड तथा प्रभु स्टक मार्केट लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को एकीकृत वित्तीय विवरणसमेत सभाबाट अनुमोदन गरिएको छ। साधारण सभामा छलफलका लागि प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्।

हाल प्रभु बैंकले देशभर ३१२ वटा शाखा कार्यालय, ६८ वटा एक्स्टेन्सन काउण्टर र २६९ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। विस्तारित बैंकिङ सञ्जालमार्फत बैंकले ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ।




भर्खरै