१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित दुई जना पक्राउ



अ+ अ-

सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ प्लास्टिकसहित ४० दशमलव ५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुलीको दूधौली नगरपालिका–९ का ३२ वर्षीय एलेक्स आले रहेका छन् ।

पक्राउ परेका दुवैजना माथि इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिनुभयो ।रासस