१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनबारे निर्वाचन आयोगमा लिखित जानकारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पार्टीको विधान महाधिवेशन चलिरहेकोबारे लिखित जानकारीसहित पत्राचार गरेको खुलेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले कांग्रेसबाट विशेष महाधिवेशन चलिरहेको र बन्दसत्रले अघिल्लो कार्य समिति भंग भएको लिखित पत्र आयोगमा आएको जानकारी दिए ।

उनले भने, भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर प्रतिनिधिको विवरणसहित जानकारीपत्र प्राप्त भएको रहेछ ।’

यस्तै, महाधिवेशनबाट भएका निर्णय अद्यावधिक गर्न पठाउने भनेर पत्र आए पनि त्यसको थप विवरण प्राप्त नभएको आयोगले जनाएको छ ।

विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचनापछि देउवा पक्षधरले पनि आयोगमा आफूहरूको कुनै महाधिवेशन वा भेला नभएको भनी पत्राचार गरेका थिए ।