२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण



अ+ अ-

सुर्खेत । सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) र सहयोगी ओङ्छु शेर्पाको सहयोगमा ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरिएको छ ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चादनिचौकी, वीरेन्द्रनगर नगरपालिका–९, सुर्खेतमा अध्ययनरत ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरिएको सीडीसीएनका अध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।

मताङ्गीलेले भन्नुभयो “चिसो मौसम लक्षित कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरेका छौ ।”

वितरण मताङ्गी तथा कोषाध्यक्ष रेशम नेपालीले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–९ का वडा अध्यक्ष ऋषि गिरी तथा विद्यालयका पूर्व प्रधानाध्यापक निम बहादुर शाहको समेत उपस्थिति रहेको थियो।

सामुदायिक विकास केन्द्र नेपालले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाव तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

साथै, कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विद्यालयका कार्यवाहक प्रधानाध्यापक हरि बहादुर बुढा र पुर्व प्रधानाध्यापक निम बहादुर शाह प्रति विशेष कृतज्ञता व्यक्त गरिएको छ।




भर्खरै