८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय रणनीति फितलो, बालविवाहमा कमी आएन



अ+ अ-

काठमाडौँ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहुँच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ७२ जना (३६ विवाह)ले उमेर नपुग्दै विवाह गरेका छन् भने तीन बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको देखिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । साथै ४१ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ । बालविवाह भएकामध्ये आफूखुशी वा भागी विवाह ५६, अभिभावकद्वारा ३८, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै २२ जनाको बालविवाह भएको छ । यसैगरी बालविवाहलाई लैङ्गिकरूपमा विश्लेषण गर्दा बालक ३६ र बालिका ८० रहेका छन् ।

जिल्लागतरूपमा हेर्दा मोरङ जिल्लामा सबैभन्दा बढी २२ बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ । यस अवधिमा भएका ८० बालविवाहमध्ये आठ नेपाल प्रहरीबाट र दुई बाल क्लबबाट गरी जम्मा १० बालविवाह रद्द गरिएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाट पनि हुने गरेको पाइएको छ ।