११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र वसन्तको आगमनको सङ्केत मानिन्छ ।

यो पर्वमा चाकुको विशेष महत्व छ । उखुको रसलाई लामो समयसम्म उमालेर घिउ हालेर तयार पारिने यो मीठाइले शरीरलाई न्यानो राख्ने र स्वास्थ्यवद्र्धक मानिन्छ । पुरानो विश्वासअनुसार माघे संक्रान्तिमा चाकु खाँदा रोगव्याधि भाग्छ र नयाँ वर्षमा शुभ हुन्छ ।

परम्परागत रूपमा यो दिन चाकुको साथमा तिलको लड्डु, घिउ, तरुल, सखरखण्ड र खिचडी खाने चलन छ । घरका महिला दिदीबहिनीहरू बिहानै उठेर चाकु बनाउँछन् भने बजारमा पनि चाकुको ठूलो व्यापार हुन्छ । यो पर्वमा चर्खा घुमाउँदै ऊन कातेर चाकु खाने पुरानो परम्परा अझै कायम छ । यो कामले शरीरलाई न्यानो राख्छ र चाकुको मीठासले मनलाई आनन्द दिन्छ भन्ने जनविश्वास छ ।

तराईको थारू समुदायमा यो पर्व माघीका रूपमा नयाँ वर्षको रूपमा धुमधामसँग मनाइन्छ । नयाँ अन्न, माछामासु र विशेष गरी चाकु तथा तिलका परिकारहरूले माघीको भोज भव्य बन्छ ।

यसरी माघे संक्रान्तिले नेपाली समाजको विविधता र एकताको मीठो सन्देश बोकेर आउँछ । चाकु केवल एउटा मीठाइ होइन, यो हाम्रो संस्कृति, स्वास्थ्य र मौसम परिवर्तनसँग जोडिएको परम्पराको प्रतीक हो ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका  तस्बिरहरु ।