२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन



अ+ अ-

बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा निधन भएको हो । २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उनलाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो। गंगालालमा ५ दिन उपचार गरी उनलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको आज बिहान निधन भएको उनको फिल्म निर्देशक तथा लेखक दाजु लक्ष्मीनाथ शर्माले पुष्टि गरेका छन् ।

२००४ सालमा इलाममा जन्मेका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए । उनले विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर राम्रै ख्याति कमाएका थिए ।
उनको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भईरहेको छ।