बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा निधन भएको हो । २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उनलाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो। गंगालालमा ५ दिन उपचार गरी उनलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको आज बिहान निधन भएको उनको फिल्म निर्देशक तथा लेखक दाजु लक्ष्मीनाथ शर्माले पुष्टि गरेका छन् ।
२००४ सालमा इलाममा जन्मेका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए । उनले विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर राम्रै ख्याति कमाएका थिए ।
उनको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भईरहेको छ।