१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा हलमै सांसदले सुनाए कविता: भ्रष्टाचार झांगिसक्यो



अ+ अ-

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन् ।

सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए । उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै बैठकमै कविता वाचन गरे ।

उनको यस्तो कविता वाचन गरेका थिए ।

‘नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
सैशवकालमै समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।
समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो
संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास, बास,कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँसम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौं ?
सरकार,
न्याय र समानताको नारा लगाउछौ बेस्सरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ, गर्‍यौ कहिल्यै खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले शिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी रु गर्न वाइड वडी र एनसेल काण्ड
पुर्खाको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो
के गर्‍यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।”