२७ श्रावण २०८३, बुधबार
,
Latest
एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी सहायता मार्फत आर्थिक सहयोग प्रदान



अ+ अ-

काठमाडौं: टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि. का ‘टाटा गुरु’  सुभाष शर्मा यतिबेला गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत हुनुहुन्छ।

ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप र दक्षतामार्फत योगदान पुर्‍याउँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्यमा देखिएको जटिलताका कारण दीर्घकालीन उपचारको आवश्यकता परेको छ, जसले गर्दा उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ।

यस संवेदनशील घडीमा सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ‘सिप्रदी सहायता’ मार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गरिसकेको छ। संस्थाले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि देखाएको यो तत्परताले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय पक्षलाई उजागर गरेको छ।

शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि यो कठिन समयमा अन्य सहयोगी मनहरू, विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समेत मानवीय संवेदनाका आधारमा यथोचित सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।