२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैनः कमल थापा



कमल थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताउनुभएको छ ।

मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको बताउनु भयो । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको बताउनु भयो । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने जिकिर गर्नुभयो । उहाँले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनुपर्छ । यसबारे सो स्पष्ट विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको थियो । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र हो । जबसम्म संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गरिँदैन । सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम हुँदैन, तबसम्म देशलाई संकटबाट मुक्त तुल्याउन सकिँदैन । यही सन्देश बोकेर विगतमा हामी सडक, सदनमा थियौँ अब पनि हामी सडक र सदनमा रहनेछौँ । जनताको विश्वास जितेर हामी यो लक्ष्य पूरा गर्नेछौँ ।’

पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान गर्नुभयो । मुलुकको धरातलीय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन आग्रह गर्नुभयो । भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने जिकिर गर्नुभयो । राप्रपाले निर्वाचन जिते हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने बताउनु भयो ।