२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँग नेपाल १८ रनले पराजित



अ+ अ-

काठमाडौँ । क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसंग हारेको छ । ओमानले नेपाललाई १८ रनले पराजित गरेको छ । १ सय ९८ रनको लक्ष्य लिएर आएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अलआउट भयो । लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । नेपालको घरेलु मैदानमा यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकरले नेपालका लागि ५५ रन बनाए पनि विजय हात पार्न भने सकेन् । १ सय ८ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्ल १ र पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएको नेपालबाट दीपेन्द्रसिंह ऐरी ३६, आरिफ शेख ६ रनमा आउट भए । विनोद भण्डारीले २५ बलमा २६ र सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाई शरदलाई राम्रो साथ दिँदा नेपालको विजय सम्भावना देखिएको थियो । यता रोहितकुमार पौडेल र करण केसीले भने खाता खोल्न सकेनन् । ओमानका कप्तान जिशान मक्सुदले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चिएर ३ विकेट लिए । त्यस्तै कलिमुल्लाहले २ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।

ओमानबाट मोहम्मद नदिमले सर्वाधिक ६९ रन बनाए । ९६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान बिलाल खानले ८ रन बनाए । ओमानबाट अन्य खेलाडीमा जतिन्दर सिंह ४, खावर अली ५, अकिब इलयास १६, सन्दीप गौड ३३, बादल सिंह ५, नसिम खुशी २८ र कलिमुल्लाह १ रन बनाइ आउट भए । नेपालबाट करण केसीले ४ विकेट लिए । ओमानका ओपनरद्वय जतिन्दर र खावर अलीलाई आउट गरेका करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सुसन भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । उनले एकै ओभरमा कप्तान जेसन मक्सुदलाई २० र सुरज कुमारलाई शुन्यमा आउट गरी नेपाललाई खेलमा हाबी बनाएका थिए । अर्को एक विकेट दीपेन्द्रसिंह ऐरीले लिए । डेब्यु गर्ने अर्का खेलाडी अविनाश बोहराले ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर विकेट लिन चुके ।