३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन
अ+ अ-

काठमाडौँ । नेपालमा वार्षिक करिव ११ लाख विदेशी पर्यटक आउने गरेका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । यी मध्ये करिव ४० देखि ४५ प्रतिशत पर्यटक हिमाली क्षेत्र पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमशृङ्खला र पदमार्ग नेपाल पर्यटनको मुख्य आकर्षण हुन् । तर पदयात्राका क्रममा जथाभावी फोहोर फाल्ने, निर्धारित ट्रेल नमान्ने र वातावरणीय संवेदनशीलतामा ध्यान नदिने प्रवृत्तिले हिमाली पर्यटनमा चुनौती थपिएको छ ।

हिमाली पर्यटनलाई दिगो बनाउन पदयात्रा अघि नै योजना बनाउने, पर्यावरणमैत्री सामग्री प्रयोग गर्ने र ट्रेल अनुशासन कायम गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । विशेषगरी ट्रेल व्यवस्थापन, फोहोर न्युनिकरण र स्थानीय संस्कृति संरक्षण नै मुख्य चुनौती बनेका छन् । त्यसैले हिमाली पर्यटनलाई दिगो र जिम्मेवार बनाउन सरोकारवालाहरूले पहल शुरु गरेका छन् ।

काठमाडौं इन्भरोमेन्टल एजुकेसन प्रोजेक्ट (किप)का प्रवन्धक तारानन्द जोाशीले भन्नुभयो – ‘अहिले जे भइरहेको छ, त्यो कुरालाइ पछिल्लो पुस्ता सम्म निरन्तरता दिनु नै दिगो पर्यटन हो । पर्यटन गर्दा कसरी गर्दैछौं ? सामानहरु कति बोक्दै छौ ? हिँड्दा बाटो कसरी हिँड्दै छौँ ? नचाहिने टे«ल प्रयोग गर्दैछौँ कि ? हाम्रो धार्मिक मान्यताहरु छन्, हाम्रा साँस्कृतिक मान्यता छन्, तिनीहरुमा कतै नोक्शान त पु¥याइरहेका छौ कि ? हाम्रो पर्यटनले । त्यहाँको लोकल स्थानीयलाइ हामीले कसरी बुझेका छौँ ? वन्यजन्तु, बनजंगलको हामी कसरी संरक्षण गरिरा छौँ । यि कुरालाइ मिनिमल इम्प्याक्ट ट्राभलमा इन्क्लुड गरेका छौं । यिनै कुरालाइ अभियानमा लैजाने प्रयत्न हो । जिम्मेवारीपूर्वक सबैलाइ सम्बोधन गरेर, सबैले बुझेर लागू गरियो भने यसले राम्रो काम गर्छ, हामी सचेत हुन्छौँ त्यस पछाडी ।’

हिमाली पर्यटनलाई थप व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी को दिगो पर्यटन परियोजनाले हालै तीन सय बढी पर्यटन व्यवसायी, गाइड र भरियाहरूलाई विशेष तालिम दिएको छ । तालिममा एभरेष्ट र अन्नपूर्ण मात्र नभई अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धनमा केन्द्रित रहेर व्यवसायी, गाईड, भरिया, होम स्टे सञ्चालक लगायतलाई प्राथमिक उपचारदेखि स्वागत सत्कार कला जस्ता सीपको प्रशिक्षण दिइएको बताउनु भयो । उहाँले  चुनौतिपूर्ण रहेको हिमाली क्षेत्रको पदयात्रालाई यस्ता तालिमले सुरक्षित बनाउनुको साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “रेस्क्युसँग जोडिएका हैन त्यो ट्रेलहरूमा चाहीँ रेस्क्युको कमिटीहरू बनाउने, रेस्क्युको एउटा टास्क फोर्स नै बनाएर टिम बनाएर भोलि अप्ठ्यारो परेको स्थितिमा आपतकालीन अवस्थामा पर्यटकलाई रेस्क्यु गर्नसक्ने अवस्थामा पु¥याउनको लागि त्यो खालको कार्यक्रमहरू पनि हामीले सँगसँगै जोडेर यसरी प्याकेजमा जान सकियो भने चाहीँ बल्ल त्यो ट्रेल चाहीँ सुरक्षित छ भन्ने चाहीँ प्रत्याभूति गराउन सकिन्छ ।  त्यहाँ जाने पर्यटक पनि ढुक्कले चाहिँ त्यहाँ जानसक्ने अवस्था चहीँ सिर्जना गर्न सकिन्छ भन्ने हिसावले त्यहाँ आवश्यक पर्ने सम्पूर्ण तालिमहरूलाई हामीले एकीकृत रूपमा चाहीँ पूर्वाधारको सुधार सँगसँगै क्षमता अभिवृद्धि जोडेर यसरी चाहीँ त्यो ढंगले हामीले सञ्चालन गर्दै आएका छाँै ।“

हिमाली क्षेत्रमा ट्रेलको अनुशासन नमान्दा वातावरणमा प्रतिकुल असर परेको स्वयं व्यवसायीहरु स्वीकार गर्छन् । विशेषगरी प्लास्टिकजन्य फोहोर र अनियन्त्रित ट्रेल विस्तारले दीर्घकालीन समस्या निम्त्याइरहेको छ ।  “पदमार्गलाई अनावश्यक रूपमा फराकिलो बनाइँदैछ । अब हामीले एउटै निश्चित पदमार्ग प्रयोग गर्ने र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पाठ सिकेका छौँ ।”

“मेन ट्रायललाई नछोडी, बिरुवाहरूलाई जोगाएर र वातावरणको ओरिजिनल स्वरूप नबिगारी ट्रेकिङ लैजानेबारे म अब पूर्ण सचेत रहनेछु ।” तालिममा केवल वातावरण संरक्षण मात्र नभई, उच्च हिमाली भेगमा हुनसक्ने दुर्घटना र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै ‘माउण्टेन फस्र्ट एड ट्रेनिङ’  दिइएको छ । पदयात्राका क्रममा हुनसक्ने चोटपटक, उचाइजन्य रोग, हाइपोथर्मियालगायत जोखिमबाट जोगिन तालिम उपयोगी बनेको सहभागीहरूले बताए ।

पर्यटकको संख्या बढ्नु मात्रै सफलता होइन । हिमाली क्षेत्रको सौन्र्दय र पर्यावरण जोगाएर मात्र पर्यटनलाई दीर्घकालिन आम्दानीको स्रोत बनाउन सकिन्छ । हिमाली पर्यटनलाई दीर्घकालीन, मर्यादित र दिगो बनाउन पर्यटन व्यवसायी, गाइड, भरिया र पर्यटक सबै जिम्मेवार बन्नु जरुरी छ । जिम्मेवार पर्यटन नै हिमाली क्षेत्रको भविष्य सुरक्षित गर्ने आधार हो । हिमाली पर्यटनलाई दिगो बनाउन शुरु भएको यो पहल कत्तिको प्रभावकारी बन्छ, त्यो भने सबै सरोकारवालाको प्रतिवद्धतामा निर्भर रहनेछ ।