३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौ ।  दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जना   पक्राउ  परेका छन् ।महानगरीय अपराध महाशाखा काठमाण्डौको  टोलीले बसुन्धरामा रहेको द मयुर क्याफे बाट उनिहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गा.पा. ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९ को निर बहादुर घले , सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गा.पा वडा नं.१३ घर भई हाल काठमाण्डौ कलंकी बस्ने बर्ष २५ को सुरेश गिरी , जिल्ला नुवाकोट शिवपुरी गा.पा.वडा नं. ४ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष ३१ को कृष्ण बहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष २९ को मोहनकर्ण कार्की रहेका छन् ।

उनिहरुको साथ बाट अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला बरामद भएको प्रहरीले जनाएको छ । ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।