२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानसँग व्यापार गर्ने देशहरूमाथि २५% भन्सार शुल्क थपिने



इरानमा सरकार विरोधी प्रदर्शन ।
अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनैपनि मुलुकले अमेरिकासँगको व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने घोषणा गर्नुभएको छ । अहिले इरानसँग व्यापारिक साझेदारी गर्ने प्रमुख राष्ट्रहरूमा चीन, भारत, रूस, टर्की लगायत रहेका छन् ।

सोमवार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस निर्णयको सार्वजनिक गर्दै ट्रम्पले यो आदेश तत्काल प्रभावकारी हुने र यो नै अन्तिम तथा निर्णायक कदम भएको बताउनु भयो ।

इरानमाथि वासिङ्टनको आर्थिक दबाब बढाउने शृङ्खलाको यो पछिल्लो कडी हो । ट्रम्पले आफ्नो प्रशासनले इरानविरुद्ध सैन्य कारबाहीसहितका अत्यन्तै कडा विकल्पहरू माथि विचार गरिरहेको भन्दै बारम्बार चेतावनी दिँदै आउनुभएको छ ।

यो नयाँ घोषणाले इरानसँग आर्थिक कारोबार गरिरहेका विश्वका अन्य मुलुकहरूलाई समेत दबाबमा पारेको छ ।