१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप लिग दुईमा आज अमेरिका र ओमान भिड्दै



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

दुवै टोलीको लक्ष्य यहाँ जारी सिरिजका सबै खेल जितेर शीर्ष स्थानमा उक्लिने रहनेछ । लिग दुईमा सात देश समावेश छन् । आइसिसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन् । विश्वकपको रोड म्यापको रुपमा रहेको डिभिजन दुईमा हालसम्म स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिविया तेस्रो स्थानमा, आठ अङ्क नै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचौं, अङ्कविहीन अवस्थमा रहेको नेपाल छैटौं तथा पपुवा न्युगिनी सातौँ स्थानमा छ ।

उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले आठ आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् ।

उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।