१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भित्रको विवाद मिलाउन लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरु



अ+ अ-

काठमाडौं: नेपाली कांग्रेस भित्र चुलिएको विवाद साम्य बनाउन आज बिहानैदेखि लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरु भएको छ ।

वार्तामा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य रमेश लेखक, बालकृष्ण खाण, नेता डा शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा पक्षबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्य, विशेष महाधिवेशनका अभियन्ता गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् ।

विशेष महाधिवेशनको बन्द सत्र जारी रहेकै बेला वार्ता प्रक्रिया सुरु भएको हो । संस्थापन पक्षले आजै केन्द्रीय समिति बैठक डाकेको छ, तर गगन थापा पक्षले उक्त बैठकमा सहभागी नहुने बताइसकेको छ ।

गगन र विश्व टिमले हिजै राति वार्ता प्रक्रियालाई अघि बढाउने र आफूहरु हदैसम्म लचिलो हुन तयार रहेको सन्देश दिएको थियो । आगामी प्रतिनिधिसभाको निर्वाचनमा टिकट बाँड्दा सभापति देउवाको हस्ताक्षर कुनै हालतमा स्वीकार नगर्ने सर्त गगन र विश्व टिमले अघि सारे पनि अन्य विषयमा लजकता अपनाउन राजि भएका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहमति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।