१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा कांग्रेस: आज केन्द्रीय समिति बैठक, ३० भाइ नजाने, महामन्त्रीलाई कारबाही हुनसक्ने !



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन भएको बन्दसत्रमा पार्टीको केन्द्रीय समिति भंग गर्ने विषयको प्रस्ताव प्रस्तुत भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा पुस २७ आईतबार बाट सुरु भएको महाधिवेशन सोमबारसाँझ अबेरसम्म पनि नसकिएपछि मंगलबार सम्मका लागि सरेको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा आह्वान भएको यो विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरु सहभागी भएको दाबी गरिएको छ । तर संस्थापन पक्षले यसलाई गलत भनेको छ, र त्यतिधेरे प्रतिनिधिहरु त्यहाँ नपुगेको बताइएको छ ।

हिजो पनि विशेष महाधिवेशन स्थलबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई सो भेलामा सहभागी हुन आह्वान गरेका थिए । तर सभापति देउवा जान मानेनन् ।

हिजो दिनभर भएको बन्द सत्रबाट नयाँ नेतृत्वको चयनका लागि निर्वाचन गर्न आवाज उठेको थियो । तर पनि त्यहाँसम्म पुग्न महामन्त्री थापाले नमानेको एक सहभागी स्रोतले जानकारी दिएको छ ।

तर विश्वप्रकाश पक्षीय महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन गरेर भए पनि नयाँ कार्यसमिति घोषणा गरिहाल्नुपर्ने बताएका थिए ।

उता हिजै पार्टी सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा शेखर कोइराला पटकपटक भेट गरेर वार्ताका लागि दुवै जना महामन्त्रीलाई आह्वान गरेका छन् । तर महामन्त्री र पार्टी सभापतिको भेटवार्ता हिजो पनि हुन सकेन ।

उता महाधिवेशन स्थलमा नयाँ कार्यसमितिको चयनका विषयमा भएको दुई पक्ष र यता वार्ताका लागि भएका पहलहरुका कारण आज एक दिनका लागि महाधिवेशन लम्ब्याइएको हो ।

यता कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विभाजन ल्याउने खालको कुनै पनि काम नगर्न सबै प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । आजको बैठकमा यस विषयमा छलफल हुने बताइएको छ ।

तर सो बैठकमा यसअघि विद्रोहजस्तो गरेका ३० जना केन्द्रीय सदस्य भने नजाने भएका छन् । पार्टीको सो बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरुलाई बोलाइएको भए पनि महामन्त्रीद्धयसहितका कतिपय पदाधिकारी भने नजाने भएका छन् ।

कांग्रेसभित्रको एक समाचार स्रोतले आजको सो बैठकमा महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्न सक्ने पनि बतायो । स्रोत भन्छ— हिजो सभापति देउवाले पार्टी अब लगभग फुटतर्फ अग्रसर भइरहेकाले सम्भावित सबै अवस्था झेल्न तयार रहन आफू निकटस्थहरुलाई भन्नुभएको छ । आज दिउँसो े सम्म कुनै सहमति हुन सकेन भने दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयलाई कारबाही पनि हुन सक्दछ ।

उनले नेपाली कांग्रेस पार्टीको भविष्यका लागि आजको दिन अत्यन्तै निर्णायक हुने पनि बताए । सभापति शेरबहादुर देउवा र उनी निकटको संस्थापन पक्ष भनिएको पक्ष यस महाधिवेशनमा उपस्थित छैन । सो पक्षले यसलाई भेला भनिरहेको छ र विशेष महाधिवेशनको वैधानिकता नरहने बताइरहेको छ ।

तर कार्यसम्पादन समिति, बहुमत जिल्ला सभापति, पाँच प्रदेश सभापति विशेष विरुद्धमा उभिँदा पनि विशेष महाधिवेशनको आह्वान भइसकेको छ । यस महाधिवेशनको विरुद्ध संस्थापनइतरका नेता डा शेखर कोइराला पनि उभिएको भए पनि यसले तात्विक असर गर्न सकेको छैन ।

आफूहरु कारबाहीमा पर्नु अगावै नयाँ नेतृत्वको घोषणा गर्ने तयारीमा महामन्त्रीद्वय रहेका बुझिएको छ । विशेष महाधिवेशनको नयाँ केन्द्रीय समिति चयनसम्बन्धी निर्णयले पार्टीलाई स्पष्ट रुपमा फुटतर्फ उन्मुख गराउने निश्चित छ ।

त्यसपछि भने पार्टीको आधिकारिकता सम्बन्धी बहस निर्वाचन आयोग हुँदै अदालतसम्म पनि पुग्न सक्नेछ । त्यसो भयो भने फागुनको निर्वाचनलाई पनि असर गर्ने देखिन्छ । यी अनेक प्रश्नहरुका साथ उत्सुकताको घडीमा महाधिवेशन र सिंगो पार्टी रहेको देखिएको छ ।