१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन



अ+ अ-

मुस्ताङ। थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित हुनुभएको छ ।

पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधाँै अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यलाई आगामी तीन वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दशत्रमा सहमतिमै तुलाचनलाई अध्यक्ष निर्वाचित गरिएको हो ।

समितिको सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन चयन हुनुभएको छ ।

यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन र काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको आयोजना तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबार तीन दिनसम्म अधिवेशन सञ्चालन भएको थियो । नेपालमा रहेका २० वटा र विदेशमा रहेका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ जनाको प्रतिनिधिको अधिवेशनमा सहभागिता रहेको थियो । रासस