२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन शाह माघ ४ मा राजीनामा दिँदै, झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।

शाहको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उहाँले पदबाट राजीनामा गर्न लागेका हुन्। बालेन प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा छन्।

राजीनामापछि बालेनले जनकपुरमा एक कार्यक्रम आयोजना गर्ने र त्यसपछि झापा प्रस्थान गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ। त्यसअघि उनी रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टी घर’ जाने कार्यक्रम समेत रहेको छ। माघ ६ गते मनोनयन दर्ताका लागि बालेन झापा पुग्ने तयारीमा छन्।

झापा–५ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो। निर्वाचनको तयारीस्वरूप बालेनले सोमबार रास्वपाका झापास्थित नेताहरूसँग छलफल गरेको बताइएको छ।