१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढिक्री बनाउन व्यस्त थारू समुदाय



अ+ अ-

तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ ।

माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त हुनुहुन्छ। त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उहाँहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ ।

थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

कसरी बनाइन्छ ढिक्री ?  

चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ ।

त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन ।

किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने पौराणिक मान्यता रहेको छ ।  रासस




भर्खरै