१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

लगानीअनुसार सामुदायिक विद्यालयको नतिजा राम्रो हुनुपर्छः प्रमुख आचार्य

लगानीअनुसार सामुदायिक विद्यालयको नतिजा राम्रो हुनुपर्छः प्रमुख आचार्य
फाइल फोटो
अ अ+ अ-

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राज्यको लगानीअनुुसार सामुदायिक विद्यालयको नतिजा राम्रो हुनुपर्ने बताउनुुभएको छ ।

नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद्को आज पोखरामा उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयमा राज्यको लगानी राम्रो भए पनि त्यस अनुुसारको नतिजा हासिल हुन नसकेको बताउनुुभयो ।

प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने प्रमुख आचार्यले बताउनुुभयो । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गर्ने गरेको उहाँको भनाइ थियो ।

शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय तहले शिक्षकलाई पेल्यो भन्ने गुनासो गर्न छोडेर आफ्नो कर्तव्य पूरा गर्नेतर्फ केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गर्नुुभयो । शिक्षक महासङ्घले कास्कीको शिक्षक दरबन्दी मिलानलगायतका शैक्षिक समस्या समाधानका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले सबैले गर्ने गतिविधि विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिनुुभयो ।

नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेलले कास्कीको शैक्षिक आन्दोलनको स्मरण गर्दै पेसागत हितका लागि सबै जना मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेलले महासङ्घको आह्वानमा २९ दिनसम्म भएको शिक्षक आन्दोलनको उपलब्धि क्रमशः देखिने बताउनुुभयो ।

नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ, कास्कीका सहअध्यक्ष डिल्लीराम बराल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तीर्थराज ढकाल, नेपाल शिक्षक सङ्घ, कास्कीका सचिव तारानाथ भण्डारीलगायतले शिक्षक तथा कर्मचारीका हकहितका लागि महासङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रमका अवसरमा कास्कीको शैक्षिक आन्दोलनमा विशेष योगदान गरेको भन्दै नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेल, युनियनकै पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेल, कास्कीका निवर्तनमान अध्यक्ष बोधराज पौडेल, निवर्तमान सचिव मनिराम कँडेल र रुद्रनाथ सापकोटालाई सम्मान गरिएको थियो । रासस