१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने



अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ ।

हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ ।

साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ । रासस