१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

हमास आफ्नो सरकारी निकाय विघटन गर्न तयार

हमास आफ्नो सरकारी निकाय विघटन गर्न तयार
अ अ+ अ-

गाजा। हमासले गठन भइरहेको एक स्वतन्त्र प्रशासनिक समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकायहरू विघटन गर्ने निर्णय गरिएको घोषणा गरेको छ ।

हमासका प्रवक्ता हाजेम कासेमले एक वक्तव्यमा गाजामा सबै सरकारी संस्थाहरूको विघटन गर्ने र उनीहरूको जिम्मेवारी एक स्वतन्त्र प्राविधिकहरूको समितिलाई हस्तान्तरण गर्ने ‘स्पष्ट निर्णय’ गरेको बताउनुभएको छ ।

बिहीबार कासेमले हमास र अन्य प्यालेस्टिनी समूहबीच भएको सम्झौतापछि गाजा पट्टीमा विभिन्न क्षेत्रहरूको व्यवस्थापनका लागि जिम्मेवार समितिको औपचारिक घोषणाको पर्खाइमा रहेको बताउनुभएको थियो ।

बीस लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको गाजामा सन् २००७ देखि वेस्ट बैङ्कको सञ्चालन गर्ने फताहसँगको लडाइपछि गाजाका सरकारी संस्थाहरू हमासको नेतृत्वले सञ्चालन गर्दै आएको छ ।

हमासभित्रका स्रोतका अनुसार कायरोले अर्को हप्ता इजरायलसँग युद्धविराम सम्झौताको दोस्रो चरणको बारेमा छलफल गर्न र प्रशासनिक समितिका सदस्यहरूमा सहमतिलाई अन्तिम रूप दिन हमासको प्रतिनिधिमण्डललाई आमन्त्रण गर्ने कार्यक्रम छ ।

हमास र इजरायलबीच सन् २०२५ को अक्टोबरदेखि युद्धविराम जारी छ । यसको पहिलो चरणमा कैदी र बन्दीहरूको आदानप्रदान, मानवीय सहायताको प्रवेश र गाजा पट्टीका केही क्षेत्रहरूबाट इजरायली सेनाको आंशिक फिर्ती भएका छन् ।

प्रस्तावित दोस्रो चरणमा गाजाबाट पूर्णरूपमा सैन्य फिर्ती, हमासको निशस्त्रीकरण, ठूलो मात्रामा पुनर्निर्माण र क्षेत्रकोे प्रशासन गर्न सङ्क्रमणकालीन प्रशासनिक निकायको गठनबारे सहमति गरिनेछ।

डिसेम्बर २०२५ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको द्रुत कार्यान्वयनका लागि दबाब दिन चाहेको बताउनुभएको थियो र सम्झौतालाई अगाडि बढाउनका लागि हमासको निशस्त्रीकरण एक प्रमुख शर्त हो भन्ने कुरामा जोड दिनुभएको थियो । (रासस/सिन्ह्वा)