१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेका हौंः प्रदीप पौडेल



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ ।

उहाँले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गर्नुभएको हो । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताउनु भयो । उहाँले काँग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताउनु भयो ।

नेता पौडेलले भन्नुभयो, ‘नेतृत्व रक्षाका लागि काँग्रेसको भविष्य समाप्त गर्ने कि काँग्रेसको भविष्यको  निम्तिनेपाली काँग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले काँग्रेसका निम्ति जिवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली काँग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई काँग्रेस फुटाउनु छैन । उहाँहरुलाई काँग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई काँग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर काँग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन । ’

नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताउनु भयो ।