४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहँदै जसपा र लोसपाबीच पार्टी एकता

महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहँदै जसपा र लोसपाबीच पार्टी एकता
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच पार्टी एकताको औपचारिक सम्झौता सम्पन्न भएको छ। दुबै पार्टीका शीर्ष नेता उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन्।

सम्झौताअनुसार एकीकृत पार्टीमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहने सहमति भएको छ। एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने चुनाव चिन्ह ‘छाता’ रहने उल्लेख गरिएको छ।

एकीकृत पार्टीको सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। सो समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ। दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समितिले नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकायको भूमिका निर्वाह गर्नेछ।

सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग र संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने व्यवस्था गरिएको छ। समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म सम्बन्धित संगठनहरू आफ्ना कार्यक्षेत्रमा सक्रिय रहने उल्लेख गरिएको छ।

त्यसैगरी, केन्द्रीय समन्वय समितिले गर्ने निर्णयहरू पार्टीका संरक्षक र अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।

सम्झौतासँगै मधेश प्रदेशबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक तथा दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ।