४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सुडी समाजको १५ औँ वार्षिक साधारणसभाः ज्येष्ठ नागरिकलाई सम्मान

सुडी समाजको १५ औँ वार्षिक साधारणसभाः ज्येष्ठ नागरिकलाई सम्मान
अ+ अ-

काठमाडौँ । सुडी समाज काठमाडौँले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँको आज भक्तपुरमा आयोजित १५औँ वार्षिक साधारणसभा तथा सुडी पारिवारिक मिलन समारोह (वनभोज) कार्यक्रममा समाजको विकास र उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याएबापत चार जना ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।

समाजका पूर्वअध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य जुली महतो, सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ र समाजका अध्यक्ष शीतलप्रसाद महतोले संयुक्त रूपमा ७२ वर्षमाथि उमेरसमूहका डा शङ्करप्रसाद साह सुडी, रामप्रताप पञ्जियार, विष्णु पूर्वे र जगदम्वा देवीलाई दोस्सला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गर्नुभयो ।

यसैगरी इञ्जिनियरिङ्ग सेवातर्फ नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष इञ्जिनियर सञ्जय महतो तथा चिकित्सकतर्फ नेपाल डेन्टल एसोसिएशनका अध्यक्ष डा अजयकुमार साहर नेपाल दृष्टि विशेषज्ञ सङ्घका अध्यक्ष दीपक साहलाई प्रशंसा पत्रद्वारा सम्मान गरियो ।

त्यस्तै एसइई –२०८१ को परीक्षामा छात्रतर्फ चार जिपिए ल्याएर उर्तीण हुने रविराज पूर्वे तथा छात्रातर्फ ३ दशमलव ९६ जिपिए ल्याएर उर्तीण हुने बन्दना साहलाई नगदसहित सम्मानद्वारा सम्मान गरियो । पुरस्कारको राशि पाँच हजार एक सय पाँच रूपैयाँ रहेको छ ।

सभामा समाजद्वारा प्रकाशित समाजको गतिविधिसम्बन्धी बुलेटिनको विमोचन गरिएको छ । सो अवसरमा एमालेका केन्द्रीय सदस्य जुली महतोले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने बताउँदै ज्येष्ठ नागरिक सिङ्गो समाजको अनुभवका जिउँदो प्रतिमूर्ति र इतिहास भएको उल्लेख गर्नुभयो । समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज सबल र समृद्ध हुन नसक्ने उल्लेख गर्दै उहाँले समाजको अग्रगामी रूपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको बताउनुभयो ।

सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले समाजप्रति समर्पित भएर सुडी समुदाय र समाजको गरिमालाई उच्च पार्नका लागि सुडी समाज काठमाडाँैंको भूमिका र समर्पण महत्त्वपूर्ण रहेको बताउँदै सुडी समुदायका व्यक्तिबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गर्ने तथा सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र सुडी समुदायको कल्याणका लागि समाज सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

समाजका शीतलप्रसाद महतोले जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो, ज्ञान र सीपलाई समाज उपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिक समाजका धरोहर र मार्गनिर्देशका रूपमा आदरणीय हुनुहुन्छ, भन्दै समाजको अग्रगामी रूपान्तरणका लागि हामी सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सभामा समाजका महासचिव डा प्रकाशचन्द्र पञ्जियारद्वारा प्रस्तुत समाजको सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष विनोद महासेठद्वारा प्रस्तुत समाजको आर्थिक (आय–व्यय) प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरियो । सभामा समाजका प्रथम उपाध्यक्ष शङ्कर साह सुडी र सचिव वीरेन्द्रकुमार साहलगायतले सबल र समृद्ध समाज निर्माणका लागि समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस