१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध हातहतियार बुझाउन कास्की प्रशासनको आग्रह



अ+ अ-

कास्की। जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको हो ।

तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम हुने जनाइएको छ । कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।रासस