१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० लाख मागेको अभियोगमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।”

उहाँका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ । रासस