१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

मधेसबाट एलिजाका उदघोष मुलुक र जनताको समस्या आजपाले सम्बोधन गर्छ

मधेसबाट एलिजाका उदघोष मुलुक र जनताको समस्या आजपाले सम्बोधन गर्छ
अ अ+ अ-

रौतहट। आम जनता पार्टी (आजपा)का उपाध्यक्ष एलिजा गौतमले मधेस सहित मुलुकको समस्या र जनताको चाहना एवं आवश्यक्तालाई आजपाले मात्रै पुरा गर्न सक्ने बताएकी छन् ।

आजपाद्धारा आज तेजापाकडमा आयोजित रौतहट क्षेत्र नं. २ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै गौतमले मुलुकमा देखिएका विभिन्न समस्याका जनता निराश हुन पुगेकाले आजपा मुलुकको अर्थतन्त्र, समाज, लोकतन्त्र, राष्ट्रियतालाई जोगाउनका लागि संघर्षमा रहेको बताइन् ।

‘भ्रष्टाचार विरुद्धको अभियान ! यसपालि मोबाईलमा मतदान !’ भन्ने नारा सहित सम्पन्न उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धि महत्वपुर्ण निर्णयहरु गरेको छ । आजपाबाट समानुपातिकतर्फको उम्मेदवार समेत रहेकी उपाध्यक्ष गौतमले मोवाइल छापमा मतदान गरेर मुलुकको समस्या सम्बोधन गर्नुपर्ने आह्वान समेत गरिन् ।

नेपाली ग्ल्यामर क्षेत्रकी चर्चित व्यक्तित्व तथा समाजसेवी गौतम अब राजनीतिमा एक सशक्त ‘आयरन लेडी’को रूपमा उदाएकी छिन् । गौतमले मधेशको मुटु रौतहट पुगेर राजनीतिक वृत्तमा नयाँ हलचल पैदा गरिदिएकी छिन् ।

हिजोसम्म पर्दामा देखिने एलिजा आज रौतहटका हिलाम्मे सडक र गरिबका झुपडीहरूमा भेटिइन् । कसैले नहेरेका, राज्यको मूलधारबाट ठगिएका गरिब र दुःखीहरूको आँसु पुछ्न उनी आफैँ घर–घरमा पुगेकी छिन् । उनको यो आत्मीयता देखेर स्थानीय वृद्धवृद्धाहरूले भावुक हुँदै आशिर्वाद दिए— ‘अहिलेसम्म भोट माग्न धेरै आए, तर हाम्रो दुःख सोध्न र घरको आँगनमै आइपुग्ने तिमी पहिलो हौ ।’

यसैगरी, मौलापुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले निकै तार्किक र प्रभावशाली ढङ्गले आफ्ना भावी योजनाहरू प्रस्तुत गरिन् । जनताको समस्यालाई नजिकबाट नियालेकी गौतमले गर्जदै भनिन, ‘गरिबका छोराछोरीले कहिलेसम्म शिक्षाबाट वञ्चित हुनुपर्ने ? सामान्य उपचार नपाएर कहिलेसम्म मर्नुपर्ने ? अब भाषण होइन, परिणाममुखी एक्सनको समय आएको छ ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति जरैदेखि उखेल्ने संकल्प मात्र गरिनन्, त्यसको दिगो समाधानका लागि ठोस खाका समेत प्रस्तुत गरेकी छिन् ।

आम जनता पार्टीले उनलाई उत्पीडित र उपेक्षित जनताको आवाज बुलन्द गर्नकै लागि समानुपातिक सूचीको अग्रभागमा राखेको छ, जसले उनलाई झन् सशक्त बनाएको छ ।

गरिबको सच्चा साथीः अन्य नेताहरू चिल्ला गाडी र सुविधामा रमाइरहँदा, एलिजा भने गाउँका टोल–टोलमा पुगेर जनताको समस्या टिपोट गर्दै समाधानको आश्वासन दिइरहेकी देखिन्छिन् ।

मधेसको धर्तीबाट उनी जस्तो जुझारू र प्रष्ट वक्ता महिला नेत्रीले देशको नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने आवाज अहिले रौतहटदेखि काठमाडौँसम्म गुञ्जिन थालेको छ ।