३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

ला आसिएन्दाको जीवन्त स्वाद अब काठमाडौँको मोक्सी होटलमा

ला आसिएन्दाको  जीवन्त स्वाद अब काठमाडौँको मोक्सी होटलमा
अ+ अ-

काठमाडौँ:  काठमाडौँको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ।

पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ। यहाँ आर्च, कलात्मक करिडोर, लाइम-वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ।

चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ। मेक्सिकन कलाकार ब्रेन्डा रोआद्वारा सिर्जित El Sol y el Ave शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै ला आसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ।

ला आसिएन्दा स्मृति, यात्रा र सांस्कृतिक आदानऔप्रदानबाट प्रेरित रेस्टुरेन्ट अवधारणा हो। काठमाडौँस्थित नयाँ मोक्सी होटलभित्र रहेको यस रेस्टुरेन्टले पाहुनालाई ल्याटिन अमेरिकाभर फैलिएको परिकारहरूको यात्रामा लैजान्छ। यस यात्राको आधार मेक्सिकन शेफ मार्टिन हर्नान्डेज हार्नान्डेजका व्यक्तिगत अनुभव, घुमेका भूगोल र त्यहाँका स्वादहरू हुन्।

मेनुमा मेक्सिकोका परम्परागत र सशक्त टाकोजदेखि पेरुका ताजा र जीवन्त सेभिचेसम्मका परिकारहरू समेटिएका छन्, साथै शेफले त्यस क्षेत्रभर गरेका यात्राबाट प्रेरित स्वादहरू पनि प्रस्तुत गरिएका छन्। प्रत्येक परिकारले एउटा कथा भन्छ, र हरेक टकिला, मेज्काल वा ककटेलले त्यो कथामा जोडिएर एउटा नयाँ अध्याय थप्छ, जसले पाहुनालाई भोजन मात्र होइन, एउटा सम्पूर्ण नयाँ अनुभुति प्रदान गर्छ।

सामान्य भेटघाटदेखि विशेष अवसरका डाईनिंगसम्मका लागि उपयुक्त यस रेस्टुरेन्टले सहज र आरामदायी वातावरण उपलब्ध गराउँछ। यसको केन्द्रमा रहेको डेडीकेटेड ककटेल बार सोसल भेटघाटको मुख्य हबका रूपमा डिजाइन गरिएको छ, जहाँ पाहुनाले सामान्य पेयपदार्थदेखि पूर्ण डाईनिंगसम्मको अनुभव लिन सक्नेछन्। मोक्सी काठमाडौँभित्र अवस्थित ला आसिएन्दा होटलका पाहुना र काठमाडौँवासी दुवैका लागि लाइफस्टायल केन्द्रित डाईनिंग गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ, जसले काठमाडौँको मुटुमा फरक र विशिष्ट ल्याटिन अमेरिकी अनुभव प्रदान गर्छ।

मोक्सी काठमाडौँबारे

मोक्सी काठमाडौँ मेरियट इन्टरनेशनल अन्तर्गतको आधुनिक लाइफस्टायल होटल हो, जुन स्मार्ट डिजाइन, सामाजिक अन्तरक्रिया र कार्यक्षमतामा विश्वास गर्ने आधुनिक यात्रुहरूका लागि तयार गरिएको हो। काठमाडौँको केन्द्रमा अवस्थित यस होटलले विश्वस्तरीय हस्पिटालिटी सेवासँगै बोल्ड र युवा ऊर्जा समेटेको छ।

यहाँ स्टाइलिश कोठा, जीवन्त सामाजिक स्पेस, कामका लागि अनुकूल लाउन्ज तथा क्युरेटेड खाना र बेभेरेजहरू उपलब्ध छन्। लचिलोपन, प्रविधि र समुदायमा केन्द्रित मोक्सी काठमाडौँले नेपालमा गतिशील र आधुनिक बसाइ खोज्ने व्यवसायिक यात्रु, डिजिटल नोमाड र फुर्सदको समय बिताउन चाहने यात्रुहरूलाई सेवा प्रदान गर्छ।