९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदको ठूलो बार्गेनिङ गरियो भन्ने गलत हो, साधारण सदस्य भएर बस्छु भनेको थिएँः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय हुनुहुन्थ्यो ।

उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रिय कमिटीको बैठकले उहाँको राजीनामा स्वीकृति गर्दै चिम चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने पार्टीले निर्णय गरेको छ ।

घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताउनु भयो । पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ ।

धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भएपनि छलफलहरु हिनतावोधका साथ अघि बढ्नुपरेको बताउनु भयो । अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरु लागेको र सफल नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राखेको थिएन । पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो । म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ । मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रिय सदस्यहरुलाई केही हेर्नुपर्छ भनेको थिएँ । ठूलो विषय थिएन । मुख्य मुद्दाका विषयहरु समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन । हाम्रा साथीहरुले उठाएका विषयहरुमा सहज रुपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने भन्नेबारेमा धेरै छलफल गर्यौँ ।’

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ । यो बीचमा उज्यालो पार्टी नेपालले ठूलो क्षति व्यहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाउनु भयो ।