९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन वैशाख २१ मा गर्न उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती



अ+ अ-

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राख्नुभएको छ । रोल..

उहाँले देश तथा विदेशमा रहेका सबै मतदाताहरुलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने तर्क गर्नुभएको हो । शनिबार काठमाडौंमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समय पछि सार्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैशाख २१ गते निर्वाचन गर्दा के फरक पर्छ भन्ने गर्छु म । मतदातालाई मताधिकार दिने भित्री र बाहिरी मतदातालाई मतदान गर्ने अधिकार दिने समस्या समाधान गर्न सकिन्थ्यो कि । संसारमा विभिन्न टेक्नोलोजी उपलब्ध छ । त्यसलाई ल्याएर हामीसँग पर्याप्त विशेषज्ञहरु पनि हुनुहुन्छ । टेक्नोलोजीका मास्टरहरु हुनुहुन्छ । उहाँहरुको टेक्नोलोजी प्रयोग गरेर पनि हामी त्यो काम गर्न सक्छौ जस्तो लाग्छ मलाई । यतिसम्म भन्ने मेरो अधिकार हो । अहिले ततकालै मेरो यो जवाफले तपाईलाई सन्तुष्ट पार्दैन । त्यसैले ११९ वटा विभिन्न मुलुकमा रहेका मतदातालाई पनि मतदान गर्ने अधिकार लोकतन्त्रमा दिनु पर्दछ । त्यसतर्फ काम गर्नुपर्दछ ।’

कार्यक्रममा बोल्दै पूर्वकार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले जेन–जी आन्दोलनले सचेत गराएको उल्लेख गर्दै निर्वाचनलाई फेस गरेर अघि बढ्दा नै मुलुकको हित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्वाचन तोकिएको मितिमा हुन्छ । हामीले गर्नैपर्छ । जेन–जी आन्दोलनले हामीलाई सचेत र सजग गराएको छ । त्यसकारण हामीले सबैले मिलेर निर्वाचन सम्पन्न गर्नुपर्दछ ।’ 

संविधान सभा सदस्य एवं कानूनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई सही ढंगले अघि बढाउनसक्ने अवस्था नआउने दाबी गर्नुभयो ।