९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सफल बनाउन नेपाल मुस्लिम संघको आह्वान



अ+ अ-

काठमाडौँ । नेपाल मुस्लिम संघले नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन सफल बनाउन देशभरका सम्पूर्ण मुस्लिम महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।

संघका महासचिव प्रवेज आलम अन्सारीद्वारा जारी पत्रमा नेपाली कांग्रेस हाल इतिहासकै संवेदनशील र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र तथा समसामयिक राजनीतिक चुनौतीबारे निर्णायक निर्णय लिन विशेष महाधिवेशन आवश्यक भएको जनाइएको छ।

पत्रअनुसार नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा नेपाली कांग्रेसको विधान २०७८ (संशोधन सहित) अनुसार वैधानिक प्रक्रिया पूरा गरी कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागपछि विशेष महाधिवेशन बोलाइएको हो।

उक्त विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुदैछ। संघले देशभरबाट निर्वाचित सम्पूर्ण मुस्लिम महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।

संघले सबैको साझा र सक्रिय सहभागिताबाट मात्रै नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने उल्लेख गरेको छ। लोकतन्त्रको रक्षा, पार्टीको नविन रूपान्तरण तथा सुदृढ भविष्यका लागि ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन संघले पुन: आग्रह गरेको छ।