२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर बचाउन जाँदा खोचमा आफै अडकिए, उद्दार समूहले यसरी बचाए ज्यान…



अ+ अ-

पोखरा स्थित रहेको सेती नदिको खोचमा अड्किएका १ जनालाई नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल स्थित रहेको सेती नदिको खोचमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो ।

प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको छ ।