२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषित, प्रहरीको अनुमान ‘आत्महत्या’



अ+ अ-

काठमाडौँ । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशीका अनुसार सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ‘स्टार अस्पतालका चिकित्सकहरुले कार्कीको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् ।’ उनले भने

सोमबार बिहान सानेपास्थित निवासमा रगतले लतपतिएर अचेत अवस्थामा भेटिएकी थिईन । उनलाई त्यस अवस्थामा भेटेपछि तत्कालै स्टार अस्पतालमा उपचारका लागि लगिएको थियो ।उनीसँगै कामदार विजय चौधरी समेत निवासमा मृत फेला परेका थिए । उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

उनको शवमा कुनै चोटपटक भने छैन जसकारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।