६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्नका लागि नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताउनु भयो ।

उहाँले पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै पार्टीको संस्थापन पक्षलाई प्रश्न समेत गर्नुभयो । उहाँले महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन । त्यसकारण महाधिवेशन माग गर्नेहरुले भदौ २३ र ३४ पछाडि ठुलो परिवर्तन भयो । यो परिवर्तन किन भयो ? कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो ? यो सबैको विश्लेषण गरौँ । नीति पनि फेरौँ । नेता पनि फेरौँ । त्यसका निम्ति अधिवेशन गरौँ । नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागेको हो नि त ।’

उहाँले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरुलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीका कार्यवाहक सभापति पुर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाएको पनि जानकारी दिनुभयो ।– न्युज एजेन्सी नेपाल