२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको स्वास्थ्य शिविरबाट पन्ध्र सय लाभान्वित



अ+ अ-

भीमदत्तनगर । भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । गत शुक्रबारदेखि शुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । श्री नं २५ फिएका गुल्मपति उपसेनानी डा बबिता सिल्वालले स्वास्थ्य शिविरमा ८१५ पुरुष र ७०८ महिला गरी एक हजार ५२१ ले स्वास्थ्य सेवा लिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका भूपू सैनिक र तिनका परिवारका लागि मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वीरेन्द्र सैनिक अस्पताल, श्री नंं २५ फिए र श्री नं ५ फिएका विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । शिविरमा सामान्य शल्यक्रिया, फिजियोथेरापी सेवा, हाडजोर्नी, र आँखा तथा दन्त सेवा उपलब्ध गराइएको थियो । शिविरमा पाठेघरको समस्या, मधुमेह, आँखा र कानका बिरामीको सङ्ख्या अधिक रहेको डा सिल्वालले जानकारी दिए ।

“आँखाका बिरामीका लागि चस्मासमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “अरु बिरामीका लागि औषधिसमेत निःशुल्क उपलब्ध गराइयो ।” भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवाका साथै लघुवित्त कार्यक्रममा समेत सेनाको कल्याणकारी कोषमार्फत सुदूरपश्चिमका भूपू सैनिकलाई विभिन्न किसिमको ऋण लगानी समेत गरिएको छ । अवकाशपछि नागरिक जीवनमा आउने भूपूलाई आयमूलक व्यवसायमा अग्रसर गराउनसमेत सेना अग्रसर रहँदै आएको छ ।




भर्खरै