१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीसँग विश्व हिन्दू महासङ्घका प्रतिनिधिको भेट



फाइल फोटो
अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीलगायत संस्थाका प्रतिनिधिले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भेट गर्दै उहाँहरुले धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयमा भएको भेटमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने किसिमका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताउनुभएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री अर्यालले देशमा शान्ति तथा अमनचयन कायम गर्न र एक अर्काको धार्मिक आस्था तथा विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

छलफलका क्रममा उहाँले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाको नागरिकस्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबर विरुद्ध सामाजिकस्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभएको छ । रासस