३ भाद्र २०८३, बुधबार
,
Latest
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलसँगको हारपछि एक खेल बाँकी हुँदै रेलिगेसनमा सरस्वती



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (सोमबार) भएको खेलमा सरस्वती युथ क्लब, च्यासल युथ क्लबसँग पराजित भएपछि एक खेल अगावै रेलिगेसनमा परेको छ ।सरस्वती च्यासलसँग २–१ ले पराजित भएको हो। हारपछि १२ खेलबाट ४ अंक मात्र रहेको सरस्वती १४ क्लब सम्मिलित लिगमा पुछारमा छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको हो ।

एपीएफले १२ खेलबाट ८ अंक जोडेर १३औं स्थानमा रहेको छ । लिगमा अब एक बाँकी रहेको सरस्वतीले अन्तिम खेल जिते पनि एपीएफलाई भेट्ने छैन । टाइगा नाकामुराले खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए । ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाउन सफल रहे ।

तर सरस्वतीका कजीम बुसारीले अतिरिक्त समयमा सान्त्वना गोल गरे । जितपछि १२ खेलबाट १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।