४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ४ घण्टा छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ४ घण्टा छलफल, के भयो कुराकानी ?
file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब चार घण्टा लामो छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुईबीच भेटवार्ता तथा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म भएको भेटमा मुख्य रूपमा फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ। निर्वाचनको तयारी, समग्र अवस्था तथा सुरक्षा व्यवस्थाबारे अध्यक्ष ओलीले चासो व्यक्त गरेका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले आवश्यक सबै प्रबन्ध मिलाइसकेको र ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका थिए। त्यसै क्रममा प्रधानमन्त्री कार्कीले बदलिएको राजनीतिक परिस्थितिमा पनि नेकपा एमालेले निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय सहभागिता जनाएकोप्रति खुसी व्यक्त गर्दै, चुनौतीपूर्ण अवस्थामा समेत पार्टीको महाधिवेशन सम्पन्न गरी राजनीतिक गतिविधि निरन्तरता दिएकोमा धन्यवाद दिएकी थिइन्।

प्रधानमन्त्रीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको अनुकूल वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने स्पष्ट विश्वास दिलाएका थिए। यो भेटवार्तालाई आसन्न निर्वाचनको सन्दर्भमा महत्त्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।