१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यमा आत्मनिर्भर हुनेगरी उत्पादन बढाउनुुपर्छः अध्यक्ष मगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले खाद्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

आयोगले बिहीवार आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यन्वयन अवस्था र पुनरावलोकन विषयक छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

संविधानले प्रदान गरेको सबै नागरिकको खाद्य अधिकारलाई पूरा गर्न नेपालमा उत्पादन बढाउनेगरी निति बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको हो । हाल आयातमार्फत भएपनि नेपालमा खाद्य अभाव नभएको उहाँले बताउनु भयो । तर यसलाई सुधार गरेर खाद्यमा नेपाल नै आत्मनिर्भर हुनेगरी उत्पादन बढाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको व्यवस्था र मर्म पनि पनि त्यही नै रहेको दाबी गर्नुभयो । उहाँले खाद्यमा विषादी हुनेगरेको उल्लेख गर्नुहुँदै सम्बन्धित निकायले त्यसलाई निगरानीमा राख्नुपर्ने बताउनु भयो । स्वच्छ खानेकुरा खान पाउनु नागरिकको अधिकार भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘ऐन कार्यन्वयन हुने र सबैको खाद्य अधिकार संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न पाउनुपर्छ । हामी कहाँ फुड सटेज छैन अहिले तथापि हामीले धान चामल बाहिर निकासी गथौ, अहिले बाहिरबाट आयात गरिहेका छौँ । तर यसलाई सुधार गरेर हामीले खाद्यको अवस्था जुन हो, हामीले हामै देशमा पुग्ने बनाउनुपर्छ । त्यस्तो नितिको व्यवस्था गरेर जानुपर्छ । यो ऐनको व्यवस्था पनि त्यही नै हो । खाद्यमा विषादी पनि हुनुभएन, त्यसलाई पनि निगरानी राख्नुप¥यो । स्वच्छ खानेकुरा खान पाउनुपर्छ ।’

उहाँले खाद्य सुरक्षासम्बन्धी आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयनमा नआएको पनि गुनासो गर्नुभयो । आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।




भर्खरै