९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सभा सदस्य रहबरद्वारा नेकपा परित्याग, हुलाकमार्फत प्रचण्डलाई राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार हुलाकमार्फत नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन्।

राजीनामा पत्रमा अन्सारीले नेकपा (माओवादी केन्द्र)ले अन्य दलसँग एकीकरणपछि आफ्नो मूल चरित्र गुमाएको आरोप लगाएका छन्। पार्टीले साहस, इमान र जोखिम लिन सक्ने क्षमता त्यागिसकेको भन्दै आफू यस्तो विरोधाभासको हिस्सा बन्न नसक्ने उनको भनाइ छ।

‘साहस, इमान र जोखिम—यी तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिन,’ अन्सारीले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

अन्सारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य हुन्।




भर्खरै