६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रोः अभिनेता सौगात मल्ल



अ+ अ-

काठमाडौँ । अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ । एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअबरोह चलचित्रमा समेटिएको छ । भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ । विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।”

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने बताउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उहाँले बताउनुभयो ।

“भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई मजा आउँछ, मन छुने खालको छ । यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ”, अभिनेता मल्लले स्पष्ट गर्नुभयो ।

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिनुभयो ।

“सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के–के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन् । समय सान्दर्भिक छ, सबै कुरालाई व्याङ्ग्यात्मक रुपमा देखाइएको छ”, अभिनेत्री श्रेष्ठले भन्नुभयो ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गर्नुभएको छ ।