१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

उहाँले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताउनु भयो । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गर्नुभयो । आफू गृहमन्त्री भएर आएपछि  देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गर्नुभयो । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय कुराहरु परिवर्तनलाई स्वीकार्नुपर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अब यसलाई केही पनि भएन । हो भएन, हिंसा भएन नि । गृहमन्त्री आएपछि केही पनि भएन, हिंसा भएन । आगजनी रोकियो, मान्छे मर्न छोड्यो । अरु हत्या, हिंसा हुन छोड्यो, राजनीतिक प्रकृतिको । केही पनि भएन ? यस्तो भाष्य पत्याइदिने मान्छेले ? यो भाष्य पत्याइदिनु भएन । विधिको शासन मिचिनुहुन्न । विधिको शासन बमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ ? सुशासनको मुद्दाभित्र केके पर्छ ? त्यो बुझ्नुपर्छ ।’

मन्त्री अर्यालले जेन–जी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताउनु भयो ।




भर्खरै