९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई भेटेर कोइरालाले भने– विशेष महाधिवेशन जसरी पनि रोक्नुस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सो पार्टीको इतर समूहका नेता डा शेखर कोइरालाले जसरी पनि विशेष महाधिवेशन रोक्न आग्रह गरेका छन् ।

बिहीबार बिहान कांग्रेसको इतर समूहका नेता डा शेखर कोइराला कांग्रेसका अर्का नेता डा मिनेन्द्र रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो । सो भेटका क्रममा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनका बारेमा कुराकानी भएको थियो ।

त्यस भेटका क्रममा नेता डा कोइरालाले सभापति देउवालाई सो विशेष महाधिवेशन जसरी पनि रोक्ने काम गर्न आग्रह गरेका थिए । सो आग्रह पछि देउवाले पनि डा कोइरालालाई आफ्ना तर्फबाट पनि महाधिवेशन रोक्ने काममा लाग्न आग्रह गरेका थिए ।

उता हिजो नै कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति मार्फत् महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरे पनि त्यो विधानसम्मत नभएको जनाएको छ । नेता डा कोइरालाले पनि महामन्त्रीले मात्र आह्वान गरेर कांग्रेस जस्तो पार्टीको विशेष महाधिवेशन नहुने बताउँदै आएका छन् ।